सुनसरी दुर्घटनाः पाँचको मृत्यु चौध घाइते

| 2020 Feb 02 | 05:11 pm 1589

सुनसरी, माघ १९ आइतबार बिहान सुनसरीको रामधुनी नगरपालिकास्थित पूर्व पश्चिम राजमार्गमा बस र माइक्रोबस ठोक्किएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको विराटनगर स्थित गोल्डेन अस्पतालले जनाएको छ ।

दुर्घटनामा परी घटनास्थलमै ३ जनाको र उपचारको क्रममा २ जनाको मृत्यु भएको बताइएको छ । घटनास्थलमै मृत्यु हुने माइक्रोबसका चालक दीपक खडका, झापा भद्रपुरका ७५ वर्षीय हेमराज र उनकी श्रीमती ६५ वर्षीया डोलमाया कोइराला रहेका छन् । उपचारका क्रममा धरानमा मृत्यु हुने गरिमा गौतम र टंक काफ्ले रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाका घाइते मध्ये ९ जनाको गोल्डेन अस्पताल विराटनगरमा, एपेक्स अस्पताल इटहरीमा १ जना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना गरी ११ जनाको उपचार भइरहेको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

१४ जना घाइते भएकोमा एपेक्स अस्पताल इटहरीबाट ३ जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.