काठमाडाैं, माघ २४ः राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन्। उनले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरेकी हुन्।
अध्यादेश जारी भएसँगै सरकारले आयोगका पदाधिकारीहरूको म्याद असारसम्म थप गरेको छ। आयोगका पदाधिकारीहरूको म्याद यही माघ २६ गते सकिँदै छ। नागरिक दैनिकबाट