चितवन, पुस २४ : पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सत्ता पक्ष, प्रतिपक्षबीच राष्ट्रिय मुद्दामा मिलेर जाने सहमति भएको बताएका छन् ।
मङ्गलवार भरतपुरमा आयोजित कार्यक्रममा दाहालले भने, ‘माथि दलहरूबिच ठुलै खिचातानी छ कि भन्ने नठान्नु ।’ उनले प्रधानमन्त्री केपी ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र आफुबीच बैठक बसेको र राष्ट्रिय मुद्दामा मिलेर जाने सहमति भएको बताए ।
भूकम्प पुननिर्माण सम्बन्धी जिल्ला समन्वय बैठकमा बोल्दा दाहालले सो जानकारी गरमएका हुन् । उनले भुकम्पपछिको पुनर्निमार्ण उत्साहजनक भएको बताए । ‘विगतमा के भए धेरै तनाव नलिउँ । अब सबै हातेमालो गरेर अगाडी बढ्ने हो’ दाहालले भने ।