सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल बालुवाटारमा

रिपोर्ट नेपाल | 2020 Jan 25 | 02:04 pm 1378

काठमाडौं, माघ ११: संवैधानिक परिषद नियुक्तिका विषयमा छलफल गर्न सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल चलिरहेको छ ।

उक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति र दुवै आयोगसँग सम्बन्धित विधेयक अगाडि बढाउने सहमतिपछि संसद संचालन बारे छलफल भइरहेको बुझिएको छ ।

यस्तै, पदाधिकारीविहीन बनेका संवैधानिक आयोगमा समेत नियुक्तिका सन्दर्भमा छलफल भइरहेको छ ।

साथै, बैठकमा कांग्रेसले उपसभामुख आफ्नो पार्टीले पाउनुपर्ने दाबीका विषयमा समेत सत्तारूढ नेकपालाई प्रस्ताव गर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.