सतुङ्गल र कपनबाट नौ लाख बढी मास्क बरामद

| 2020 Mar 16 | 12:44 pm 2738

काठमाडौं, चैत ३: सतुङ्गल र कपनबाट प्रहरीले करिब १० लाख थान मास्क बरामद गरेको छ ।

प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका लागि गोदाममा थन्काएर राखेको मास्क बरामद गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार आइतबार कपनबाट प्रहरीले एक लाख ६८ हजार मास्कसहित ६ जनालाई पक्राउ गरेर सतुङ्गलमा रहेको गोदाम सिल गरेको जानकारी दिए ।

सिल गरिएको गोदामबाट आइतबार र सोमबारसमेत गरी झण्डै १० लाख थान मास्क बरामद गरिएको डीएसपी बोगटीले बताए ।

मास्कसहित पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाइने डीएसपी बोगटीले जनाए ।

प्रहरीले शनिबार मात्र काठमाडौंको डल्लुबाट ७८ हजार मास्कसहित आठ जनालाई पक्राउ गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.