सतुंगलको भीषण आगलागीले करौडौंको क्षती

| 2019 Jan 04 | 07:37 am 1871

काठमाडौं, पुस २० : चन्द्रागिरी नगरपालिका ११ सतुंगलमा रहेको दीपक कपास कारखानामा आगलागी हुदा करोडौको क्षती भएको छ । बिहीबार सांझ कारखानामा अचानक आगाली हुँदा करोडौको क्षती भएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिए।

कलंकी थानकोट सडक खण्ड नजिकै रहेको उक्त कारखानामा आगलागि हुँदा उद्योग नजिक रहेका निजीघरहरुमा समेत क्षती पुगेको स्थानीय प्रत्यक्षदर्शी श्रीहरी थापाले जानकारी दिए। आगलागी के कारण भयो भन्ने जानकारी प्राप्त नभएको प्रहरीले जानकारी दिएको छ । सांझ ६ बजेबाट लागेको आगो यो समाचार तयारपार्दा सम्म नियन्त्रणमा आउन सकेको थिएन ।

आगो नियन्त्रणकालागि काठमाडौ, ललितपुर र भक्तपुरका सबै दमकल प्रयोग गरेको भएपनि आगो नियन्त्रणबाहिर रहेको र गोदाममा धेरै कपास रहेकाले आगो फैलदो अवस्थामा रहेको बताइएको छ ।

आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी ५ सय भन्दा बढी खटिएका छन भने अग्नी नियन्त्रकहरुले चारै तर्फबाट आगो लागेको ठाउंमा पानीको फोहोरा प्रयोग गरेपनि आगोका लप्का वरिपरी रहेका घरतर्फ फैलन थालेपछि सुरक्षा निकायले निजी घरलाई जोगाउने प्रयास गरेका थिए ।

पानीको अभाव भएपछि प्रहरीले राजधानीका निजी घरमा लान लागेका पानीका ट्याङकरलाई आगालागी भएको स्थान तर्फ मोडिन निर्देशन दिएको थियो । पानीको अभावका कारण पनि पटक पटक आगो नियन्त्रणको प्रयासमा अवरोध उत्पन्न भएको थियो ।

आगलागीका कारण सडक समेत अवरुद्ध भएपछि राजधानी भित्रने र राजधानी बाहिर जाने यात्रुहरु समेत अलपत्र परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.