सुनसरी, मंसिर १७ : धरान उपमहानगरपालिकास्थित उदय सामुदायीक वन क्षेत्रमा एक पुरुषको शव फेला परेको छ। शव धरान ५ देवी गाउँ निवासी ५० वर्षीय बखतबहादुर रामदामको रहेको प्रहरीले बताएका छन् ।
गत भदौ १६ गतेदेखि उनी सम्पर्क बिहीन भएका थिए। उनको शव सडेको अवस्थामा फेला परेको प्रहरीले बताए। उनको के कारणले मृत्यु भयो कारण भने नखुलेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी सुमन तिम्सिनाले बताएका छन् । बखतको हत्या वा आत्महत्याबारे अनुसन्धान भैरहेको डीएसपी सुमनले बताए।
उनका शव पोस्टमार्टमका लागि धरानस्थित वीपी प्रतिष्ठान मा ल्याएको छ। पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले बताए । उनी हराएपछि परिवारले खोज तलास गरिदिन यस अघी नै इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएको जनाए । दाजुको मृत्युको विषयमा सत्य तथ्य छानविका लागि बखतका भार्इ भुपाल विश्वकर्माले माग गरेका छन्।