सडेको अवस्थामा आमा छोरीको शव फेला

रिपोर्ट नेपाल | 2019 Dec 10 | 01:58 pm 2207

पर्सा, मंसिर २४: वीरगंज महानगरपालिका वडा नं १२ नयाँ टोलमा आमा छोरीको शव कोठाभित्र सडेको अवस्थामा फेला परेको छ।

उक्त शव बाराको कलैया उपमहानगरपालिका वडा नं २६ सिसुवा महेशपुर घर भई मुर्ली नयाँ टोल बस्ने मोहन झाको घरमा कोठामा बस्दै आएका दुई आमाछोरीको शव आज कुहिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिए। घरमा धेरै दुर्गन्ध फैलिएपछि झाले वडा प्रहरीलाई खबर गरेका थिए।

वडा प्रहरी कार्यालय श्रीपुरको टोलिले ढोकाको ताला फुटाएर हेर्दा कुहिएको अवस्थामा पेन्टिंगको काम गर्दै आएका पवन साहकी श्रीमती अन्दाजि २२ बर्ष र अन्दाजि २ बर्षकी छोरीको शव फेला परेको प्रहरी निरिक्षक चक्र बहादुर मल्लले बताए।

अहिले प्रहरीले मुचुल्का उठाइरहेको र निजका श्रीमान फरार रहेको हुँदा खोज तथा अनुसन्धान तिव्र पारिएको प्रहरीले जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.