धरान, फागुन ७ : धरान उपमहानगरपालिकाले ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस बृहत्रूपमा सरसफाइ गरेर मनाएको छ । देश अनुसारको भेष भनेजस्तै यस महानगरपालिकाले हिजो, आज र भोलि गरी तीन दिनसम्म धरान उपमहानगरभित्रको कोशी राजधमार्ग सफाइ गरिने कार्यवाहक उपमहानगरप्रमुख मञ्जु भण्डारीले जानकारी दिए ।
आज मंगलबार विहान ६ बजे धरानको तीनकुनेदेखिको राजमार्ग सफाइ गरिएको थियो । उक्त सरसफाइ अभियानमा उपमहानगरका कर्मचारी, जनप्रतिनिधिसँगै नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीसँगै धरानका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले पनि उलेख्य सहभागिता जनाएका थिए ।