काठमाडौं, भदौ २५ः नेपाली कांग्रेसका युवा नेता चन्द्र घिमिरेलाई काठमाडौं महानगरपालिका वडा नं. २९ को नेपाली कांग्रेस समितिको सचिवमा उम्मेदवार बनाइएको छ ।
नेपाली कांग्रेस सम्बद्ध ट्रेड युनियन कांग्रेसमा २०४७ सालदेखि आबद्ध रहेका घिमिरे नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको राष्ट्रिय महासचिवमा ९ वर्ष र अर्को ६ वर्ष उपाध्यक्ष पदमा रही जिम्मेवारी सम्हाली सकेका घिमिरेलाई वडा नं. २९ का कांग्रेसीहरुले सचिवमा सर्वसम्मत बनाउने भएको बुझिएको छ ।
अहिलेसम्मकाे अवस्था हेर्दा घिमिरेको व्यक्तित्वको बिरोधमा उम्मेदवारी पर्ने सम्भावना नै नरहेको कुरा वडाको कांग्रेसीजनहरु नै भन्दैछन् ।
एम.ए.बि.एल अनि सफ्टवेयर इन्जिनियर समेत अध्ययन गरेका घिमिरेलाई सबैले एक बौद्धिक व्यक्तित्वको रुपमा हेरेका छन् । नेपाली कांग्रेसको संगठन राम्ररी हाक्न सक्ने क्षमता भएकैले निर्विरोध हुन लागेको बताइन्छ ।
यता वडाको अध्यक्षमा सन्तोष ढुंगेल र अर्जुन श्रेष्ठबीच प्रतिष्पर्धा रहेपनि अधिकांशले ढुंगेलकै पल्ला भारी रहेको नेपाली कांग्रेस मतदाताबीच चर्चाको विषय बनेको छ ।