काठमाडौँ ,२९ माघ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले इनड्राइभ नेपालका प्रयोगकर्ताहरूको दुर्घटना बीमा सेवाको सुरु गरेको छ ।
इनड्राइभ नेपालका प्रयोगकर्ताहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई इनड्राइभ नेपाल प्रयोगकर्ताहरूको सहज, सरल माध्यमबाट बीमासेवा उपलब्ध गराउने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरी सुरु गरेको हो ।
उक्त बीमा सेवाबाट दुर्घटनाका कारणले चालक तथा यात्रुहरूको मृत्यु भएमा ८ लाख रुपैयाँ, पूर्ण स्थायी अशक्तता भएमा ८ लाख रुपैयाँ एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा ८० हजार रकम भुक्तानी गर्नेछ ।
यसैगरी नाबालिक यात्रुहरूको हकमा क्षतिपूर्ती रकमको ५० प्रतिशत खर्च पाउने गरी बीमालेखमा रक्षावरण गरिएको छ । साथै बीमितले बीमा गरेको रक्षावरण गरिएको क्षति भएमा सो वापतको रकम कम्पनीको दाबी विभागमार्फत दाबी गरि लिन सक्नेछन्।
उक्त बीमालेख जारी गरिएबाट राइडर तथा इनड्राइभ प्रयोगकर्ताहरूले सरल र सहज रूपमा यात्रा गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।