काठमाडौँ १६ असार / नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले एकीकृत समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहमा सकेसम्म सहमतिबाटै नयाँ नेतृत्व छानिने बताएका छन् ।
मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नका लागि म यहाँहरूलाई आग्रह पनि गर्न चाहन्छु । ‘यो देशको सामाजिक-आर्थिक रुपान्तरण कसरी हुन्छ ? यो देशको शिक्षा र स्वास्थ्यमा हेर्नुस्, यति धेरै विकृतिहरु फैलिएका छन् ।’
अहिले देशमा रहेको विकृतिको उरुङलाई बढार्ने उपाय चाहिएको बताए । ‘गम्भीर राष्ट्रिय सवालमा हामी एकताबद्ध भएर अगाडि बढौँ । साझा दायित्व निर्वाह गर्न तपाईं-हामी अत्यन्त गम्भीर बनौँ’ सम्मानित नेता खनालले भने।