सई दासले रक्सीको गाडी कसरी छाडे ?

रिपोर्ट नेपाल | 2020 Oct 13 | 06:07 pm 2602

पर्सा, असोज २७ः प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहको आदेशमा इनरुवा इनचार्ज र घुमुवाबाट हटाइएका प्रहरी नायब निरीक्षक बैदनाथ दास दशैंको मुखमा फेरि सकृय भएका छन् ।

इलाका प्रहरी कार्यालय पोखरीया पर्सा पुगेका आफूलाई सिंगम भन्ने दासले २५ गते साँझ प्रहरी चौकी मिर्जासँग मिलेर एउटा मदिराको गाडी समाई २६ गते रामै नजराना लिएर छाडेको बुझिएको छ ।

आफूलाई प्रहरी उपरीक्षक गंगा पन्तको खास मान्छे भनेर चिनाउने दासले अहिले पनि जिल्लाका घुमुवा प्रहरी नायब निरीक्षक प्रकाश राउत लगायत प्रहरी सहायक निरीक्षक मोहन आले, हवल्दार खुसीलाल यादव, दयानन्द कुमार कुशहवा, जवान पथम्बर अन्सारी, नवीन पाललाई आफैले काम लगाउने गरेको गुड्डी हाँक्दै हिड्ने गरेका छन् ।

घुमुवाका इन्चार्ज प्रहरी निरीक्षक रवीभुषण यादव हटाइएपछि घुमुवाको कमाण्डर बनेका प्रहरी नायब निरीक्षक प्रकाश राउत र बैदनाथ दासको इसारामा चल्छन चल्दैन त्यो भने बुझ्न सकिएको छैन । पोखरीया इलाका प्रहरी कार्यालयमा हालै गएका प्रहरी निरीक्षक रामकाजी थापालाई गुमराहमा राखेर स्वघोषित सिंघम बैदनाथ दासले आफ्नो पुरानो धन्दा चलाइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.