काठमाडौं, पुस ५: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यस प्रति असहमति जनाउँदै सातजना मन्त्रीले राजीनामा दिएका छन्।
सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै उनीहरूले प्रधानमन्त्रीले देश र जनताकाे अपमान गरेकाे भन्दै पदबाट राजीनामा दिएका हुन् । यसरी राजीनामा दिनेमा ऊर्जा मन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानीमन्त्री बीना मगर, शिक्षामन्त्री गिरीराजमणी पाेखरेल र श्रममन्त्री रामेश्वर यादव रहेका छन्।
