संसद् बैठकबारे छलफल गर्न देउवाले बोलाए बैठक

| 2024 Apr 08 | 12:56 pm 641

काठमाडौँ २६ चैत / संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक बोलाएका छन् ।

गृहमन्त्री रवि लामिछानेसँगै देशभरका सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ। यसैलाई लिएर संसद्मा विरोध जनाउँदै आएको छ।

कांग्रेसले चैत २७ गते बस्ने प्रतिनिधि सभाको बैठकअघि संसदीय छानबिन समिति गठन हुनुपर्ने अल्टिमेटम दिएको छ। त्यतिञ्जेल समिति गठन भएमा संसद् चल्न नदिने कांग्रेसले जनाएको छ।

यसअघि अघिल्लो संसद् बैठकमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आउँदो संसद बैठकमा सरकार छानबिन समितिसहित नआए संसद् बैठक चल्न नदिने भनी अल्टिमेटम दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.