संसद्‍मा मन्‍‍त्रीको अनिवार्य उपस्थितिका लागि तालिका सार्वजनिक, कुन मन्त्रीको पालो कहिले ?

| 2018 Jun 03 | 07:38 am 968

काठमाडौं, जेठ २०: संसद्‍ बैठकमा सरकारका मन्‍त्रीको अनिवार्य उपस्थिति हुनुपर्न‍े भएपनि उपस्थिति नहुँदा अनिवार्य उपस्थितिका लागि तालिका नै सार्वजनिक गरिएको छ । संसद बैठकमा उठेका महत्वपूर्ण विषयहरुलार्इ सम्बोधन गर्ने र सांसदले उठाएका प्रश्नहरुको जवाफ दिन सरकारले दुवै सदनमा मन्त्रीहरुको अनिवार्य उपस्थितिका लागि तालिका बनाइएको हो ।

आइतबार

प्रतिनिधिसभा : रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्यमन्त्री
राष्ट्रिय सभा : शिक्षा, खानेपानी र उद्योगमन्त्री

सोमबार

प्रतिनिधिसभा : गृह, वन, कृषिमन्त्री
राष्ट्रिय सभा : कानुन, सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि र पर्यटनमन्त्री

मंगलबार

प्रतिनिधिसभा : परराष्ट्र, श्रम र युवा
राष्ट्रिय सभा : भौतिक पूर्वाधार, अर्थ, ऊर्जा, कृषिमन्त्री

बुधबार

प्रतिनिधिसभा : शिक्षा, खानेपानी, उद्योगमन्त्री
राष्ट्रिय सभा : रक्षा, महिला, पर्यटन र स्वास्थ्यमन्त्री

बिहीबार

प्रतिनिधिसभा : कानुन, सामान्य प्रशासन, सञ्चार, पर्यटनमन्त्री
राष्टिय सभा : गृह, वन र कृषिमन्त्री

शुक्रबार

प्रतिनिधिसभा : भौतिक पूर्वाधार, अर्थ, ऊर्जा, कृषिमन्त्री
राष्ट्रिय सभा : परराष्ट्र, श्रम र युवामन्त्री

शनिबार

प्रतिनिधिसभा र राष्ट्रिय सभा : कानुनमन्त्री, स्वास्थ्य, पर्यटन, कृषि राज्यमन्त्री

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.