संसदीय समिति नबनेसम्म सदन चल्न दिँदैनौं : डा. शेखर कोइराला

| 2024 May 04 | 04:55 pm 1453

काठमाडौँ, २२ वैशाख / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  कोहलपुरमा  आयोजित बाँके क्षेत्र नं–१ को सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा नमागेको बताएका छन्।

डा. कोइरालाले सहकारी ठगी प्रकरणमा छानविनको लागि संसदीय छानबिन समिति सरकारले नबनाएसम्म संसद चल्न नदिने अडान बताएका छन्।

हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदीय छानविन समिति बनाउनुपर्छ मात्र भनेका हौं। सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ तर दोषी छैन भने छानविन समिति बनाउन सरकार किन डराइराखेको छ? भनि कोइरालले प्रश्न गरे।

कोइरालाले अहिलेको मुख्य समस्या नै निर्वाचन प्रणाली भएकाले त्यसलाई परिवर्तन गर्न कांग्रेस र एमाले मिल्नुपर्नेमा जोड दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.