काठमाडौँ १७ असार / नागरिक उन्मुक्ति पार्टी (नाउपा) सदीय दलको बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाएको छ।
श्रेष्ठलाई हटाएर संसदीय दलको नेतामा गंगाराम चौधरी डगौरालाई चयन गरिएको छ। संसदीय दलको नेता र प्रमुख सचेतक फेरबदल गरेको हो। उनको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतक बनाइएको छ।
संरक्षक रेशम चौधरी र अध्यक्ष श्रेष्ठबीच विवाद भएपछि लालवीर चौधरी कतैतिर लागेका थिएनन्। पछिल्लो पटक भने उनी रेशमतिर लागेका छन्। उनी रेशमतिर लागेसँगै अध्यक्ष श्रेष्ठ संसदीय दलमा अल्पमतमा परेकी हुन्।
प्रतिनिधि सभामा नाउपाका चार सांसद छन्। अध्यक्ष श्रेष्ठ मन्त्री बन्ने तयारीमा थिइन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर नाउपालाई सरकारमा सहभागी गराउन सहमत गराएकी थिइन्।