संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको अडान कायमै

| 2024 May 07 | 02:56 pm 741

काठमाडौँ २५ फागुन / संघीय संसद्को आगामी अधिवेशनको विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरूको बैठकमा नेपाली कांग्रेसले सहकारी ठगीको विषयमा छानबिन समिति बनाउनुपर्ने माग दोहोर्‍याएको छ।’

सहकारीमा लाखौँ बचतकर्ताले अर्बौं रुपैयाँ बचत गरेको र त्यसको हिनामिना भएकोले ‘त्यसमाथि छानबिन गर्न आवश्यक रहेको कांग्रेसको अडान छ। गृहमन्त्री संलग्नताको प्रश्न उठेपछि कमसेकम छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने कुरा कांग्रेसले
राखेको छ।

कांग्रेसले संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्री रवि लामिछानेलाई पनि राम्रो हुने अद्दन राखेको छ । सरकार कसरी प्रस्तुत हुन्छ, सोही अनुसार सदनमा आफूहरू प्रस्तुत हुने कांग्रेसको अडान रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.