संसदको हिउँदे अधिवेशन राष्ट्रपतिले गरे अन्त्य

रिपोर्ट नेपाल | 2025 Apr 01 | 12:45 pm 453

काठमाडौँ १९ चैत २०८१ / संघीय संसद्का दुवै सदनको चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन अन्त्य गरेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

आजको संसद् बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हुने छ। गत माघ १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.