संशय पैदा भएको विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएका छौँ : राप्रपा

रिपोर्ट नेपाल | 2019 Nov 13 | 06:07 pm 2041

काठमाडौं, कार्तिक २७ : राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतबाट प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटि सच्याउन र नेपालको भूभागको संरक्षणका लागि अविलम्ब कूटनैतिक पहल गर्न नेपाल सरकारसमक्ष माग गरेको छ ।

समसामयिक राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक र विविध पक्षबारे समीक्षा गर्न आज बसेको पदाधिकारी बैठकले नेपालको भूभागलाई समेट्ने गरी प्रकाशित गरिएको नक्साबाट दुई देशबीचको सम्बन्धमा संशय पैदा भएको विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएको जनाइएको छ । प्रचार विभागका प्रमुख मोहन श्रेष्ठद्वारा जारी प्रेस विज्ञाप्तिमा भनिएको छ, ‘दुई घनिष्ठ छिमेकीका बीचमा संशय पैदा हुनु र संशय कायम रहिरहनु निश्चितरूपमा दुवै देशको हितमा हुँदैन ।”

अमेरिकाको वाशिङ्टनमा हुने अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युनियनको सम्मेलन र पार्टीको भ्रातृ सङ्गठन प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशनमा भाग लिन पार्टीका अध्यक्ष कमल थापा आज त्यसतर्फ जानु हुने भएकाले दैनिक कार्य सम्पादन गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा पार्टीको सशक्त उपस्थिति र विजय सुनिश्चित गर्न सबै पदाधिकारीहरु र केन्द्रीय कार्यसमितिका सदस्यहरु अनिवार्य रुपले निर्वाचन हुने जिल्लामा परिचालन हुन पनि बैठकले निर्देश गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.