संवैधानिक मान्यता दिलाउने श्रीमती भण्डारीलाई भानु पुरस्कार

| 2021 Jul 14 | 10:26 am 1981

काठमाडौं, असार ३०ः सदा झैं यस वर्ष पनि नेपाल तथा भारतका नेपालीहरुले भानु जयन्ती मनाउने कार्यक्रमलाई औपचारिकता दिए । नेपालीहरुको बाहुल्य बसोबास भएको राज्य सिक्किममा भने भानु जयन्तीका दिन सरकारी विदा दिने चलन पहिलै देखि चल्दै आएको छ र सर्वप्रथम भानुको पूर्णकदको मुर्ति स्थापना गर्ने श्रेय पनि सिक्किम र त्यहाँका नेपालीलाई नै जान्छ ।

No description available.

स्वर्गीय भण्डारीका साथमा श्रीमती

सिक्किका तत्कालीन मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीकै सकृयतामा भानुको मुर्ति स्थापना, नेपाली भाषा र संस्कृतिको उत्थानमा बहुतै ठूलो योगदान रहेको छ ।

भण्डारी स्वयम् एक कुशल लेखक, साहित्यकार पनि हुन् । उनकै नेतृत्वको अगुवाइमा सन १९९२ मा वर्षौदेखि चली आएको नेपाली भाषालाई भारतको संविधानमा मान्यता दिलाउने संघर्षलाई अन्त्य गर्न सफलता मिलेको थियो ।

यी नै पूर्व मुख्यमन्त्री भण्डारीकी श्रीमती दिल कुमारी भण्डारी, भारतको लोकसभा सदस्यमा निर्वाचित भएका बखत लोकसभाको चर्काचर्की बहसमा सम्पूर्ण सदस्यहरुलाई कन्भिन्स गर्न सफल बनाई १९९२ को त्यो अधिवेशनले नेपाली भाषालाई सर्वसम्मतिबाट संवैधानिक मान्यता दिलाउन सफल भएकी हुन् ।

दुई पटक लोकसभा सदस्य बनेर मान्यता दिलाउन सफल भएकी पूर्व सांसद श्रीमती भण्डारीलाई यस वर्षको भानु पुरस्कारले सिक्किम सरकारले पुरस्कृत गरेको छ ।

भारतको दार्जीलिङ, आसाम लगायत विभिन्न ठाउँमा रहेका विद्वान, साहित्यकार नेपालीहरुले समिति नै गठन गरी संवैधानिक मान्यताको लागि आन्दोलन नै गर्दै आएका थिए ।

त्यो लामो संघर्ष र आन्दोलनलाई सफलताको चुचुरोमा पुर्याउने श्रेय श्रीमती भण्डारीलाई नै जान्छ । किनकी त्यस बखतका भारतीय प्रधानमन्त्री पीभी नरसिंह राव समक्ष तार्किक कुराका अतिरिक्त लोकसभाको त्यो हलमा उनले अन्तरआत्माको आवाज स्वरुप आँखाबाट आँसु र भित्रै मनदेखि रोदन अर्थात रोएर प्रकट गरेपछि भाषा विदका रुपमा ख्याती कमाउनु भएका प्रधानमन्त्री नरसिंह रावले समर्थन दिनुपर्छ भनी सदनमा प्रस्तुत गरेका विषयलाई पारित गरेको थियो ।

निकै ठूलो संघर्ष गरेर भारतको संविधानमा नेपाली भाषालाई संवैधानिक मान्यता दिलाउन सफल हुने स्वर्गीय भण्डारी र श्रीमती भण्डारी सारा देश–विदेशका नेपाली भाषी उहाँहरु प्रति कृतज्ञ रहेका छन् ।

अनि यस्ती नेतृ पूर्व सांसद श्रीमती भण्डारीलाई सिक्किम सरकारले यस वर्षको भानु पुरस्कार प्रदान गरेकोमा पुरस्कृत भण्डारीलाई हार्दिक बधाईका साथै ढिलै भए पनि पुरस्कृत गर्ने सिक्किम सरकारलाई साधुवाद !

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.