संवैधानिक परिषदद्वारा प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस

| 2018 Jun 12 | 06:00 pm 1252

काठमाडौं, २९ जेठ : संवैधानिक परिषदले मंगलबार प्रधानन्याधीशको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि सर्वोच्चमा प्रधानन्यायधिस पद रिक्त थियो । मंगलवार सिंहदरबारमा बसेको परिषद् बैठकले वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरिएको होे ।

जोशीको नाम अनुमोदनका लागि संसदीय सुनुवाइ विशेष समितिमा सिफारिस गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्तिको सिफारिस पनि छिट्टै गरिने बताए ।

सर्वोच्चमा चैत १ गतेदेखि प्रधानन्यायाधीश पद रिक्त छ। पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिएसँगै उक्त पद रिक्त थियो।संवैधानिक परिषद्ले सिफारिस गरेपछि अब संसदीय सुनुवाइ गर्दै राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.