संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ७०२ जनाको कैद माफी

रिपोर्ट नेपाल | 2022 Sep 18 | 05:22 pm 1077

काठमाडौं, असोज २ः संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ सय २ जनाको कैद माफी गरेकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले विभिन्न मितिमा अदालतबाट भएका  फैसला बमोजिम ७ सय २ जनाको कैद सजाय माफी मिनाहा गरेकी हुन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको सूचीमा रहेका महेन्द्रप्रसाद कानुसहित २१ जनालाई कैद सजाय माफी दिएकी छन्।

त्यसैगरी राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशका आधारमा असल चालचलन भएका पासाङ शेर्पासहित २ सय ३ र इन्द्रकुमार लिम्बूसमेतका ४ सय ७८ गरेर जम्मा ६ सय ८१ जनाको कैद माफी मिनाहा गरेकी हुन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.