संरचना बनिसक्यो प्रदेश हटाउन सकिन्नँ : सभापति देउवा

| 2024 Sep 17 | 05:54 pm 221

काठमाडौँ, आश्विन १ / सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना बनिसकेकाले अब हट्ने अवस्था नरहेको बताएका छन् ।

सभापति देउवाले कांग्रेसको कानून विभागले मंगलबार सानेपामा आयोजना गरेको ‘संविधानको एक दशक कार्यान्वयन र चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै प्रदेश संरचना हटाउन नसकिने प्रष्ट पारेका छन् । उनले प्रदेश संरचना हटाउन नसकिने प्रष्ट पारेका हुन् ।

सभापति देउवाले भने यसलाई कसरी अझै बढी अकाउन्टेबल (जबाफदेही) बनाउनेदेखि लिएर सारा कुराहरूका सम्बन्धमा सोच्ने र विचार गर्नुपर्ने, त्यसअनुरूप सुधार गर्नुपर्ने कुराहरू हुन सक्दछन् ।

उनले भने, ‘प्रदेश संरचना र सरकार बनिसक्यो । यसलाई हटाउन सकिन्न । यसलाई कसरी अझ जबाफदेही बनाउने भन्ने कुरा सोच्नुपर्छ र सुधार गर्नुपर्छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले प्रजातन्त्रलाई अझै मजबुत बनाउने गरी संविधान संशोधन हुन सक्ने पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.