संरक्षित वन्यजन्तु आखेटोपहार सहित एक पक्राउ

रिपोर्ट नेपाल | 2021 Sep 24 | 01:49 pm 2313

काठमाडाैं, असाेज ८ःसंरक्षित वन्यजन्तु आखेटोपहार सहित एक जनालाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं.-६ लगनखेल बस्ने बर्ष ३० का निकेश बस्नेत रहेका छन् ।

वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि खटि गएको प्रहरी टोलीले काठमाडाैं महानगरपालिका वडा नं. ८ गौशाला, तिलगंगा एरियामा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष
सूचनाको आधारमा का.म.पा. वडा नं. ८ गौशाला, तिलगंगाबाट संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तु अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा मिति २०७८/०६/०७ गते पक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडाैं बुझाईएको ब्यूराेले जानकारी दिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.