काठमाडाैं, असार २५ः संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई जनालाई केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा काठमाडाैं महानगरपालिका वडा नं. ६ गोठाटार बस्ने २८ वर्षीय सबिन तामाङ र रामेछाप लिखु गाँउपालिका वडा नं. ५ नागदह स्थायी घर भई हाल भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय हित बहादुर मगर रहेका छन् ।
उनीहरूलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा कामनपा ६ वौद्द, पिपलबोटबाट पक्राउ गरेकाे ब्यूराेले जानकारी दिएकाे हाे ।
शुक्रबार ब्यूराेकाे टाेलीले उनीहरूकाे साथबाट संरक्षित वन्यजन्तु चितुवाको जस्तो देखिने छाला (आखेटोपहार) १ थान, संरक्षित वन्यजन्तु सालकको छाला सहितको खपटा भएको आखेटोपहार १ थान अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला परी पक्राउ गरिएकाे बताइएकाे छ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडाैंमा बुझाइने ब्यूराेले जनाएकाे छ ।