काठमाडौं, जेठ २२: सरकारले पटक-पटक पेट्रोलियम पदार्थको मुल्यवृद्धिको भन्दै प्रतिपक्षी ८ बिद्यार्थी संगठनहरुले विरोध गरेका छन् । सोमबार ८ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि को विरुद्ध बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई ज्ञापनपत्र पेश गरेको (अखिल क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझीले जानकारी दिए ।
उक्त ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले भने, `तपाईंहरूका अधिकांस मागहरू जायज छ्न यो पूरा गर्न म प्रतिबद्ध छु ।´ भेटमा मन्त्री यादवले पेट्रोलियम पदार्थको माग धेरै र भण्डारण क्षमता कम भएको कुरा उल्लेख गर्दै त्यसको समाधानको पहल भइरहेको बताए ।
त्यसै गरि उनले भने `पहिलेका मन्त्रीले पेट्रोल पम्पको अनुमती दिदा १० लाख घुस लिएर अनुमती दिने गरेका थिए त्यसै गरि ट्यांकरको अनुमति दिदा पनि घुस लिने गरेका थिए । अहिले मलाई आयल निगमको महाप्रबन्धक बनाइए १० करोड दिने अफर आएको तर आफुले खुला प्रतिस्पर्धा बाट छान्ने छु ।’
त्यसैगरी आन्दोलनरत विद्यार्थीको तर्फबाट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष आलोक रायमाझीले मन्त्री यादवलाई अबैज्ञानिक मुल्य वृद्धि तुरुन्त सच्चाउन आग्रह गरे र आफुहरुलाई शब्द जाल मा फसाइ आलटाल गरेमा मुल्य वृद्धि विरुद्धमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने जसको जिम्मेवार मन्त्री र नेपाल सरकार हुने उल्लेख गरे ।
त्यसैगरी आन्दोलनरत ८ विद्यार्थी संगठनहरुले सरकार उल्टो गतिमा हिडेको भन्दै बागबजार देखी प्रदर्शनीमार्ग सम्म उल्टो हिड्दै साङ्केतिक बिरोध प्रदर्शन गरेका छ्न ।