संगीत काेषले मरणाेपरान्त सम्मान गर्दै

| 2023 Dec 03 | 01:07 pm 561

काठमाडौ, मंसिर १७ :  स्वर सम्राट नारायण गाेपालकाे ३३ औ स्मृति दिवसका अवसरमा स्वर किन्नरी तारा देवीलाई मरणाेपरान्त बरिस्ठ रचनाकार ,संगीतकार तथा गायक गणेश रशिकलाई सम्मान गर्ने भएको छ।नारायण गाेपाल संगीत काेषकाे मंसिर ३ गतेकाे बैठकले उक्त निर्णय गरेको कुरा काेषका महासचिव दिपक केसीले जनाएका छन।मंसिर १९ गते दिउँसो साढे तीन बजे राष्ट्रिय नाचघर जमलमा विशेष समारोहबीच सम्मान गर्ने कार्यक्रम भएको जनाइएको छ।जनही ५१ हजार नगद सहित गरिने सम्मान कार्यक्रमकाे आयाेजक नारायण गाेपाल संगीत काेष रहेको छ भने सह- आयाेजक र संयाेजक क्रमश सांस्कृतिक संस्थान र तलेजु धनकुमारी काेष रहेका छन।कार्यक्रममा सांगेतिक कार्यक्रम हुने समेत जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.