संक्रमणकालीन न्यायको काम टुंग्याउन अमेरिकाको सहयोग रहन्छ : अमेरिकी राजदूत

| 2024 Mar 10 | 03:00 pm 517

काठमाण्डौ २७ फागुन / नेपालको शान्ति प्रक्रियाका बाँकी काम र संक्रमणकालीन न्यायको विषयमा अमेरिकाले चासो राखेको छ। अमेरिकाले नेपालको शान्ति प्रक्रियाका बाँकी निष्कर्षमा पुर्‍याउन सहयोग आवश्यकता परे दिन तयार रहेको सन्देश दिएको छ।

नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालयमा शिष्टाचार भेट गरी संक्रमणालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउने विश्वास व्यक्त गरे।

उनले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरु धेरै देशहरु पनि सहयोगका लागि तत्पर रहेको पाएको बताए।

भेटमा उनले अमेरिकाले गर्दै आएको विकास सहयोग जारी रहने प्रतिबद्धता पनि जनाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै उनले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना समयमै सक्ने गरी काम अघि बढाउनेबारे चासो राखेका थिए

अर्थमन्त्रालय एक अधिकारीका अनुसार भेटका क्रममा राजदूत थम्पसनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउने विश्वास व्यक्त गरे। ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै टुंगिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ’, राजदूत थम्पसनले भने, ‘त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ।’

उनले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन आवश्यक आर्थिक सहयोगका लागि अमेरिका तयार रहेको र विश्वका अरु धेरै देशहरु पनि सहयोगका लागि तत्पर रहेको पाएको उल्लेख गरे।

जवाफमा मन्त्री पुनले अमेरिकाले नेपालको समग्र विकासमा गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकामा राजदूत थम्पसनलाई धन्यवाद दिए । यस्तै उनले एमसीसी परियोजनाको काम सुरु भइसकेको भन्दै समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.