श्रोत नखुलेको २८ लाख ५१ हजार बढी रकमसहित साह एपीएफकाे नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Aug 27 | 02:38 pm 1972

रौतहट, भदाै ११: शसस्त्र प्रहरीद्वारा श्रोत नखुलेको २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँसहित रौतहटमा एकजनालाई पक्राउ गरेको छ।

पक्राउन पर्नेमा राजपुर नगरपालिका–९ बैरिया बस्ने २० वर्षीय दिलीप कुमार साह रहेका छन् ।

बिहीबार बिहान करिब ७ बजे जिल्लाको रौतहट ईशनाथ नगरपालिका वाड नं. ९ लवतनाटोलकाे सीमा क्षेत्र भारतबाट बीआर ३० एन ९५८० नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई चेकजाँच गर्दा रकम फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेड क्वार्टर रौतहटका सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओलीले जानकारी दिए।

विषेश सूचनाको आधारमा शसस्त्र प्रहरी उपरीक्षक ओलीकै कमाण्डमा गएको टोलीले श्रोत नखुलेको रकम बरामद गरेको हो।

उनीबाट नगद, मोटरसाइकल र मोबाइलसहित नियन्त्रणमा लिएको र आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको शसस्त्र प्रहरी उपरिक्षक ओलीले जानकारी दिए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको समेत ओलीले बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.