काठमाडौँ २४ भदौ / त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिए पछि आकस्मिक अवतरण भएको छ।
आज बिहान ८ बजे श्री एयरलाइनसको श १२१ विमान सुर्खेतका लागि उडेको थियो। तत्काल चालक दलले त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका थिए। कम्पनीका बजार प्रबन्ध अनिल मानन्धरले यात्रुलाई अर्को विमानबाट सुर्खेत पठाइएको जनाएका छन ।
अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो। विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।