काठमाडौं, पुस २ः उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले यही पुस ३ गतेदेखि भुक्तानी दिन शुरु गर्ने भएको छ । उक्त उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ ।
मिल्सले आज जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरिद गरेको मध्ये २५ करोड ९० लाख त्रिपन्न हजार पाँच सय पच्चीस भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । उक्त भुक्तानी पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि उद्योगले गरेको छ ।