श्रीमान गुमाएकी खातुनलाई सन नेपाल लहान शाखाद्वारा १४ लाख भुक्तानी

रिपोर्ट नेपाल | 2022 Aug 18 | 01:47 pm 1885

  • महेश सिंह

सिरहा, भदौ २ः वैदेशिक रोजगारमा कतार पुगेका सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ५ खउरकीयाही बस्ने मो सहिदुल मियाँलाई २०७९ बैशाख ४ गते कतार मै मृत्यु भएको थियो।

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पीडितलाई बोलाएर क्रिया खर्च सहित १४ लाखाको माछापुच्छ्रे बैंकको चेक पीडित नुरजहा खातुनलाई दिएका हुन्।

मृतक मियाँ निरन्तर २० बर्ष देखि वैदेशिक रोजगारमा काम गर्दै आएका थिए।उनी छुट्टीमा घर आएर प्रदेश फर्केको ७ महिना नबितदै एक जना नेपाली युवाले सोही कम्पनीमा काम गर्ने युवाले सौच गर्न निसकेका मो सहिदुल मियाँलाई पेटमा छुरा प्रहार गरेर घम्भिर घाइते बनाएका थिए।

मियाँको उपचारकै क्रममा कतारमै मृत्युु भएको परिवारजनले बताए। मियाँको एक श्रीमती, दुई छोरा र १ छोरी रहेका छन्।

वैदेशिक रोजगार बिमा अन्तर्गत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाका प्रबन्धक महतोले मृतकको श्रीमती नुरजहाँ खातुनलाई १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.