- महेश सिंह
सिरहा, जेठ १८ः वैदेशिक रोजगारका लागि साउदी अरेबिया पुगेका सिरहाको गोलबजार नगरपालिका ९ बस्ने ३४ बर्षीय राम एक वाल यादव वैदेशिक रोजगारीमा गएकै अवस्थामा उनले २०७८।११।१५ गतेका दिन झुन्डिएर आत्म हत्या गरेका थिए।

वैदेशिक रोजगार जीवन बिमा अन्तर्गत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको श्रीमती ममता कुमारी यादवलाई श्रीमानको कृया खर्च सहित १४ लाखको चेक हस्तान्तरण गरी आर्थिक सहयोग गरेका छन्।
मृतक यादवको श्रीमती २ छोरी र १ छोरा रहेका छन्।समान्य परिवारका यादव आर्थिक सम्पन्न गर्न वैदेशिक रोजगारमा साउदी अरेबिया पुगेका थिए।
उनी घरको आर्थिक सबलताको लागि पटक पटक वैदेशिक रोजगारका लागि साउदी पुगेका थिए। यादव तेस्रो पटट पुनः साउदी पुग्दा घटना घटेका हुन्।
पीडित परिवारको आफन्त पवन कुमार यादव धनगढीमाई १० का र अर्को पवन कुमार यादव धनगढीमाई १३ को रोहवरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको श्रीमती ममता कुमारी यादवलाई १४ लाखको चेक हस्तान्तरण गरेका हुन्।