सर्लाही, बैशाख २७ः श्रीमानले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको छ । आइतबार लालबन्दी नगरपालिका २ नवलपुर पुनर्बास घर भई हाल हरिवन नगरपालिका ११ रामबली साहतेलीको घरमा डेरा गरी बस्ने ३५ वर्षीय बिजयलाल कर्णले उनकै श्रीमती ३२ वर्षीया उशादेबी कर्णलाई घरायसी बिबादको कारण मसला पिस्ने सिलौटोले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
उक्त खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई हत्यारा बिजयलाल कर्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।