श्रीमानको शोकमा रहेकी राय र पत्नीकी शोकमा रहेका महतोलाई राहत सहयोग

रिपोर्ट नेपाल | 2022 Jul 18 | 09:41 am 1273

  • देबराज पोखरेल/महेश सिंह

सिरहा, साउन २ः लहान नगरपालिका वडा नं. १६ तरेगानाका आगलागी पीडित भुवन महतो र वैदेशिक रोजगारको सिलसिलामा श्रीमान गुमाएका लहान २४ गोबिन्दपुरका असहाय एकल महिला ललिता रायलाई जिल्ला समन्वय समिति सिरहाको पहलमा रेडक्रसको आर्थिक सहयोग, लहान नगरपालिकाको सहकार्य र समन्वयमा राहत वितरण गरिएको छ ।

No description available.

पीडित महिला ललिता रायको फुसको घरलाई केही महिना अगाडी आएको हुरीबताले घर भत्काएको थियो।श्रीमानको शोकमा डुबेका ललिता रायलाई हुरीबतासले घर भत्काएरपछि थप चिन्ता थपिएको थियो।

जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, उपसभापति दिलिप लामा, लहान नगरपालिकाका उप मेयर राम चलितर महतो, लहान २४ का वडा अध्यक्ष रासलाल राय, जसपा नेत्री ललिता दास बिद्रोही, बिनिता यादव, नेता रामु महतो, सुभक यादव, बलिराम यादव, पत्रकार देवराज पोखरेल, महेश सिंह महतो, बिरेन्द्र यादव लगायतका ब्यक्तिहरुको सहभागितामा राहत वितरण गरीएको हो।

लहान १६ तरेगनाका भुवन महतोले बिगत लामो समय देखि गाउँकै एकान्त ऐलानी जग्गामा घर बानाएर बस्दै आएका छन्। अन्दाजी ४३ वर्षिय भुवन महतोले सानो फुसको झुप्रो घर बनाएर बस्दै आएका स्थानीयहरुले बताए। महतोको आफनो निजि जग्गा जमिन नहुँदा ऐलानी जग्गामा घर बनाएर ज्याला मजदुरी गरेर जिविको पार्जन गर्दै आएका छन्।

करिव तीन महिनाअघि आफ्नो बस्ने थलोको रूपमा गाउँकै एकान्त ऐलानी पर्तिमा रहेको एउटा सानो झुप्रो घर करिव तीन महिनाअघि आगलागीमा परेर घर गुमाएका थिए।

खोल्सीको छेउमा रहेको झुप्रो घर गुमाउनु परेपछि गाउँलेको सहयोग र रातदिनको मेहनतले खोल्सीको डिलमा अर्को सानो झुप्रो बनाएर बस्न थाले । खरले छाएको पानी चुहिने झुप्रो घरमा आफू, पत्नी र चार लालाबाला बस्दै आएका छन् । महतोका पत्नी मुटुको समस्याका कारण गतहप्ता मृत्युवरण भईन् ।

नेपाल रेडक्रस सोसाइटीले जिल्ला समन्वय समिति मार्फत साउन १ गतेका दिन १० हजार रूपैया बराबरको लत्ता कपडा र भाँडाकुँडा सहयोग गरेको छ।

यसअघि लहान नगरपालिकाबाट खाद्यन्न सामग्री उपलब्ध गराईएको नपाका उपप्रमुख रामचलित महतोले जनाए ।

एकातिर आगजनीबाट घरबार गुमाउनु परेको कष्ट सेलाउन नपाउँदै पत्नी शोकको पीडामा रहेका महतोको लागि अरू पनि सहयोगको खाँचो रहेको सरोकारवालाहरू बताउँछन्।

सोही क्रममा मानवअधिकार संजाल सिरहाका संयोजक एवं मानवअधिकार एलाइन्स सिरहाका अध्यक्ष देवराज पोखरेलद्वारा लहान नपाका उपप्रमुख रामचलित महतो मार्फत पीडित परिवारलाई खाद्यन्नको लागि एक हजार रूपैया सहयोग गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.