श्रीमती संघले फरक क्षमता लक्षित विधालय चलाउने

| 2023 Dec 04 | 12:03 pm 793

 

काठमाडौँ, मंसिर १८ –   नेपाली सेनामा कार्यरत कर्मचारीका श्रीमतीहरुको छाता संगठन सैनीक श्रीमती संघले काठमाण्डौमा फरक क्षमता भएका बालबालिका लक्षित विद्यालय संचालन गर्ने भएको छ। संघको ४० औं वार्षिकोत्सवका अवसरमा जङ्गीअड्डामा आयोजित विशेष कार्यकममा उक्त कुराको जानकारी दिइएको थियो ।वार्षिकोत्सवकै अवसरमा प्रधानसेनापती प्रभुराम शर्माले संघको मुखपत्र सेवा सुमनको विमोचन गरेका थिए ।

 

 

मुखपत्रमा उत्कृष्ट लेख रचनाका सर्जक तथा मूल्याङ्न समितिका सदस्यलाई प्रधानसेनापती शर्माले पुरस्कार प्रदान गरेका थिए । संघले यस वर्ष बालदिवसको अवसरमा आयोजना गरेको अन्तरसैनिक महाविद्यालय चित्रकला, कविता, तथा निबन्ध प्रतियोगिताका प्रस्ट छात्रछात्रा तथा प्रतियोगिताका मूल्याङ्न समितिका सदस्यलाई पनि प्रधानसेनापतिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

प्रधानसेनापति शर्माले श्रीमतीसंघले हरेक वर्ष सैनीक महाविधालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृती समेत प्रदान गरेका थिए । सेनापति शर्माले नेपाली सेनाको फरक क्षमता भएका बालबालिकालाई लक्षित गरी संचालन गरीने फरक क्षमता दिवा विद्यालय सञ्चालनार्थ सहयोग गर्ने संघ संस्थालाई कदर स्वरुप उपहार प्रदान गरेका थिए।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.