श्रीमतीले गरिन् श्रीमानको हत्या

रिपोर्ट नेपाल | 2019 Apr 07 | 06:31 pm 2395

बनेपा, चैत्र २४ : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीमा खुर्पा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्।

प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार शनिबार धुलिखेल नगरपालिका– २ की ५५ वर्षीया लालीमाया तामाङले खुर्पा प्रहारी गरी श्रीमान् ६० वर्षीय सुकराम तामाङको हत्या गरेकी हुन्। मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच झगडा भएको थियो।

खुर्पा प्रहारपछि उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाने क्रममा सुकरामको मृत्यु भएको हो। खुर्पा प्रहारबाट घाइते भएकी सुकरामकी फुपू ७० वर्षीया कान्छीमाया उपचारपछि घर फर्केकी छिन्। प्रहरीले लालीमायालाई पक्राउ गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.