श्रीमतीको हत्या गरेको अभियाेगमा भण्डारी पक्राउ

| 2023 Nov 16 | 05:38 pm 985

अछाम कात्तिक ३०/ नेपाल प्रहरीको सेवाबाट निवृत्त भएका शेरबहादुर भण्डारीले सेवामा रहँदा कति मान्छेलाई कारवाहीकाे दायरामा ल्याएका हाेलान।उनलेे कति अपराधकर्म गर्ने अपराधीलाई हिरासतमा राखे हाेलान र भविष्यमा आफू पनि त्यो ठाँउमा बस्नुपर्ला भन्ने कल्पना समेत गरेका थिएनन।तर घटनाले अहिले उनलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियाेगमा त्यहीँ ठाउँमा पुर्याएकाे छ।घटना अछाम जिल्ला मंगलसेन नगरपालिका लाछिमनाकाे हाे।आफ्नै श्रीमतीको हत्या गरेको भन्दै माइती पक्षबाट जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेपछि प्रहरीले श्रीमान शेरबहादुर भण्डारीलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकका अनुसार मृतक उर्मिला विष्ट भण्डारीकाे टाउको र शरिरका विभिन्न ठाँउमा चाेटपटक देखिएकोले कुटपिटबाट मृत्यु भएको हुनसक्ने जनाइएको छ।मदिराको नसामा रहेका भण्डारीले हत्या गरेको हाे हाेइन यदि हाे भने किन जघन्य अपराध गरे भन्ने विषयमा शव परिक्षणकाे प्रतिवेदन पछि थप अनुसन्धानबाट छर्लङ्ग हुने डिएसपी पाठककाे भनाइ रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.