श्रीमतीको नाममा नक्कली श्रीमतीलाई अमेरिका उडाउन खोजेपछि…

रिपोर्ट नेपाल | 2018 Jul 20 | 04:41 pm 4066

रौतहट, साउन ४ : रौतहटका एक युवकले आफ्नो सक्कली श्रीमतीको नाममा नक्कली श्रीमतीलाई अमेरिका उडाउन खोजेको रहस्य खुलेको छ । रौतहट गुजारा नगरपालिका–५ का रामकुमार गुप्ताले दोस्रो विवाहको नाटक गरी एक युवतीलाई संयुक्त राज्य अमेरिका लैजान लागेको परिवारजनले बताएको हो ।

गुप्ताकी पहिलो श्रीमती रूपरेखा गुप्ताका आफन्तले बिहीबार पत्रकार सम्मेलन गरेर अमेरिका लैजान तयार रामकुमार गुप्ता र मधु शाहलाई कानुनी रूपमा कार्बाही गर्न माग गरेका छन् । रूपरेखाकी फुपू नाताकी रञ्जु साहले दोस्रो विवाहको बारेमा संविधान कडा भए पनि व्यवहारिक रूपमा महिलाहरूले अत्याचार खेपिरहनुपरेको बताएकी छन् ।

गुप्ता पाँच वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । पछिल्लो समयमा उनले रौतहटकै मधु साह गुप्ता नाम गरेकी केटीलाई नागरिकता दिएर उनलाई अमेरिका लैजान लागेको हामीलाई सूचना आएको छ, त्यही खबरले हाम्रो भदैनी मानसिक रूपमा विक्षिप्त छ’, उनले भनिन्, ‘पाँच वर्षीया छोरी छन्, दोस्रो विवाह गरेर जोडिएको घर परिवारलाई अन्यायमा पार्ने काम उनले गर्दैछन् ।’ गुप्ताले ७ वर्ष पहिले मिलेमतोमा विवाह गरेका थिए । पाँच वर्षीया छोरीको साथमा २५ वर्षीया आमा रूपरेखा गुप्ता अहिले माइतीमा बस्दै छिन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.