श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना

| 2024 Aug 29 | 12:55 pm 313

काठमाडौँ १३ भदौ / काठमाडाैं महानगरपालिकाले उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना लगाएको छ।

ग्राहकबाट गुनासो आएपछि महानगरपालिकाले गत असार ७ गते तेलको गुणस्तरका विषयमा विवरण मागेकाे थियाे। माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त हुन सकेन।

तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी)हरूको प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेस भएको तथा सबै उत्पादनमा एउटै ब्याच नम्बर राखिएको महानगरले जनाएकाे छ। विवरणको आधारमा प्रतिवेदन तयार पारी सोही आधारमा जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.