श्रद्धापूर्वक रामको पूजा गरेर रामनवमी मनाइँदै

| 2024 Apr 17 | 09:02 am 621

काठमाडौँ ५ बैशाख / आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुषोत्तम श्रीरामको जन्म भएको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो पर्व मनाइने गरिएको हो । भगवान श्रीरामले रावणलगायतका आसुरी शक्तिमाथि विजय प्राप्त गरेको पुराणहरुमा उल्लेख छ ।

काठमाडौँ उपत्यकाको बत्तीसपुतलीस्थित राम मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

देशभरका विभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नान गरि व्रत बसेर रामगीता पाठ गर्ने चलन छ । यसैबीच, जनकपुरमा राम नवमीको अवसरमा जानकी मन्दिरमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

धार्मिक शास्त्रअनुसार भगवान् श्ररिामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको कायम गरेका कारण उहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । राम राज्यका नामले परिचित भगवान् रामको राज्य न्यायका लागि नमूना मानिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.