शैक्षिक पाठ्यक्रममा परिवर्तन : कक्षा ११ र १२ को फ्याकल्टी हट्यो, जीवनोपयोगी शिक्षा थपियाे

| 2018 Jun 02 | 03:24 pm 1751

काठमाडौं १९ जेठ : सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सरकारले अहिलेको आवस्यकताका आधारमा नयाँ पाठ्यक्रम ल्याएको बताए । मन्त्रायलमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नेपालको संविधान, संघीय संरचना अनुरुपको शिक्षाको नयाँ पाठ्यक्रम ल्याईएका हुन् ।

मन्त्री पोखरेलका अनुसार कक्षा ९ र १० मा पाँच अनिवार्य र दुई वटा पेशा तथा व्यवसायिक ऐच्छिक विषय रहने जानकारी दिउ । त्यसैगरी कक्षा ११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य गरिने बताए। योसँगै अब ११ र १२ कक्षामा संकाय प्रणाली हटाइएको छ ।

अब ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीले यसअघिको विज्ञान संकायको कुनै एक विषय र मानविकी तथा शिक्षाको अन्य कुनै पनि विषय रोजेर अध्ययन गर्न सक्नेछन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले सो नयाँ प्रारुप पारित गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.