शेष घले अष्ट्रेलियाका ८१ औं धनी व्यक्ति

रिपोर्ट नेपाल | 2018 May 25 | 10:43 am 2774

अष्ट्रेलिया: अष्ट्रेलियामा रहेर व्यवसाय गर्दै आएका नेपाली जोडी शेष घले र जमुना घले यस वर्ष अष्ट्रेलियाको ८१ औं धनीको सूचीमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले दम्पति यो वर्ष २० स्थान माथि उक्लिएका हुन् ।

अष्ट्रेलियाको फाइनान्सीयल रिभियूले हरेक वर्ष सार्वजनिक गर्ने धनीको सूची अनुसार उनीहरुको कुल सम्पति ८ सय ७६ मिलियन डलर पुगेको छ । रिभियूका अनुसार उनीहरुको सम्पति गतवर्षको भन्दा ३५ दशमलव ४ प्रतिशतले बढेको हो ।

प्रवासी नेपालीहरुको संगठन एनआरएनका अध्यक्ष रहिसकेका उनको मेल्बर्नमा मेल्बर्न इन्स्टिचुट अफ टेक्नोलोजी नामक शैक्षिक संस्था छ भने घरजग्गा लगयतका व्यवसायमा समेत उनिहरु सकृया छन् ।

बिहीबार साँझ सार्वजनिक भएको सूचीमा एन्थोनी प्राट पहिलो नम्बरमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.