काठमाडौँ,जेठ २९: सोमबार केही बढेको शेयर बजार आज भने सामान्य अंकले घटेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १।९३ बिन्दुले घटेर एक हजार २३९।२६ बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।६४ बिन्दुले घटेर २६०।४७ बिन्दुमा पुगेको छ ।
आज कूल १६० कम्पनीको नौ लाख ४७ हजार ३९३ कित्ता शेयर रु २९ करोड ९० लाख ९३ हजार ५७९ मूल्यमा खरिद बिक्री भएको छ ।
स्टकका अनुसार तीन उपसमूहको शेयर भने बढेको छ । फाइनान्स समूह २।१५, बीमा १।५९ र उत्पादन समूह ५।१२ बिन्दुले बढ्दा बैंकिङ २।९, होटल १४।५९, विकास बैंक ०।४७, जलविद्युत् २।२५, माइक्रोफाइनान्स १।१६ र अन्य समूहको शेयर भने स्थिर रहेको छ । रासस