शेखर कोइराला र गगन थापाबीच भेट

| 2024 May 12 | 01:20 pm 469

काठमाडौँ ३० बैशाख / नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच आइतबार विहान भेटवार्ता भएको छ । आइतबार बिहान कोइरालाको सचिवालय विशालनगरमा उनीहरुबीच भेटवार्ता भएको हो ।

नेता कोइराला र महामन्त्री थापाको यो नियमित भेटघाट रहेको बुझिएको छ । भेटघाटमा कोइराला र थापाबीच राष्ट्रिय राजनीति, संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिका बारेमा कुराकानी भएको थियो ।

भेटमा महामन्त्री थापाले शनिबार राष्ट्रपति र आइतबार प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.