शुक्रबार विश्व पर्यटन दिवस भव्यका साथ मनाइँदै

| 2024 Sep 23 | 05:33 pm 585

काठमाडौँ, आश्विन ०७ / अन्तर्राष्टिय पर्यटन दिवसको ‘पर्यटन तथा शान्ति’ (टुरिजम एण्ड पिस) भन्ने नारासहित नेपालले ४५औं विश्व पर्यटन दिवस भव्यरूपमा मनाउने भएको छ ।

हरेक वर्ष २७ सेप्टेम्बरमा मनाउने विश्व पर्यटन दिवस कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख अतिथितामा संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले मनाउन लागेको हो ।

मन्त्रालयले पर्यटनका छाता संघसंस्थासहित, विदेशी कुटनीतिकका प्रमुखहरु, नेपालमा दूतवासहरु भएका प्रमुखहरुलाई निमन्त्रना गर्ने बताएको छ ।’ सबैसँग मिलेर उक्त दिवस भव्यका साथ मनाउन लागेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

कार्यक्रमको लागि पर्यटन मन्त्री बद्रि पाण्डेको अध्यक्षतामा मूल समिति गठन गरिएको छ। उक्त कार्यक्रमको लागि अधिकांश तयारी पूरा भएको छ ।’ सांस्कृतिक संस्थानः राष्ट्रिय नाचघरमा उक्त कार्यक्रम गर्न लागेको मन्त्रालयले जनाएको छ ।

नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य संख्यामा नेपाल आउने क्रम जारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.