शीर्ष नेताको बैठकमा जुटेन सहमति,फेरि छलफल हुने

| 2024 May 27 | 01:07 pm 493

काठमाडौँ १४ जेठ / प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूको छलफल विना निष्कर्ष सकिएको छ । बैठकमा सहकारीको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेशबारे दलहरूले पुरानै अडान दोहोर्‍याएका हुन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवन् गृहमन्त्री रवि लामिछानेको नामै तोकेर संसदीय छानबिन समितिको कार्यादेश बनाउनुपर्ने अडान राख्दै आएको छ। सत्तारूढ दलहरूले भने गृहमन्त्रीको नाम नतोकी छानबिन समिति बनाउनुपर्ने अडान लिएका छन् । यसै विषयमा सहमति नजुट्दा कांग्रेसले निरन्तर संसदमा अवरोध गर्दै आएको छ ।

संसद अवरोधकै बीच हिजाे सरकारले आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम पारित गरेको छ । समितिको कार्यादेश टुङ्गो लगाएर संसद्को गतिरोध अन्त्य गर्ने र भोलि संसदबाट सहज रूपमा बजेट ल्याउने गरी फेरि छलफल हुने नेताहरूले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.