शीतल निवासमा चालिसे र अधिकारी नियुक्त

रिपोर्ट नेपाल | 2023 Mar 15 | 08:14 am 1681

काठमाडौं, चैत १ः राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार चालिसे र अधिकारीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

चालिसेसँग तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका परराष्ट्र सल्लाहकारका रूपमा काम गरिसकेको अनुभव छ भने उनले अमेरिका र बेलायतमा नेपाली राजदूतका रूपमासमेत काम गरिसकेका छन् ।

अधिकारी भने यसअघि पनि पौडेलका सहयोगीका रूपमा कार्यरत थिए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.